काठमाडौं– विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले अग्रतालाई कायमै राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार ५ हजार ५३२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ३ हजार ६६७ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव नेकपा एमालेका उम्मेदवार शिल्पा कार्कीभन्दा पछि परेका छन्। नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले ४ हजार ५६३ प्राप्त गर्दा जसपाका यादवले ३ हजार २८३ मत प्राप्त गरेका छन्।
विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले चुनावी तालमेल गरेर उम्मेदवारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।