काठमाडौं– स्याङ्जाको भिरकोट नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।
कांग्रेसका उम्मेदवार गोविन्दकुमार कर्माचार्यले ६५ सय ४ मत ल्याउँदै जित हात पारेका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५६ सय ६९ मत पाए।
त्यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसले जित हात पारेको छ। उपमेयरकी उम्मेदवार भगवती रेग्मीले ७१ हजार ९७ मत प्राप्त गरिन्। उनको प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती अधिकारीले ४९ सय २८ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।