काठमाडौं– सर्लाहीमा २२ वर्षीय युवक गाउँपालिका प्रमुख बनेका छन्। सर्लाहीको रामनगर गाउँपालिकाको प्रमुखमा २२ वर्षीय युवक राजाबाबु यादव निर्वाचित भएका हुन्। माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका यादव ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२ मत ल्याए।
त्यस्तै, एमालेका पुरषोतमप्रसाद चौधरीले १ हजार ६ सय ३४ र सवतन्त्र उम्मेदवार केएस राहुल वर्माले १ हजार ६ सय ७ मत ल्याए।
रामनगरको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै गीता देवी विजयी भएकी छन्। उनले ३ हजार ५२३ ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोशिला साहले २ हजार ६३७ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।