काठमाडौं– सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई कायमै गरेका छन्।
पछिल्लो मत परिणाम अनुसार उनी नेपाली कांग्रेसका नृपबहादुर वडभन्दा २ हजार बढी मतको अन्तरले अग्रता लिइरहेका छन्। स्वतन्त्र उम्मेदवार गोपाल हमालले ४ हजार ५३८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १ हजार १४० मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार हमाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार वड भन्दा २ हजार मतले अघि छन्।
उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले २ हजार १३८ मत प्राप्त गरेकी छिन्। एमालेकी कन्द्कलाकुमारी रानाले १ हजार ९३८ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।