काठमाडौं– पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै गाउँपालिकाभर नै क्लिन स्वीप गरेको छ।
नेकपा एमालेले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दप्रसाद अर्याल उपाध्यायलाई पराजित गर्दै एमालेका मुक्तबहादुर सारु निर्वाचित भएका छन्।
सारुले ६ हजार ६५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उपाध्यायले ३ हजार ४६६ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा तिरनकुमारी श्रेष्ठले ६ हजार ६३८ मत ल्याएर निर्वाचित भएकी छन् भने नेकपा माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत मात्रै प्राप्त गरे।
त्यस्तै, ७ वटा वडा रहेको उक्त गाउँपालिकामा सबै वडामा नेकपा एमालेका उम्मेदवार नै निर्वाचित भएका छन्। १ मा यमबहादुर राना, २ मा फत्ते सिं दर्लमी, ३ मा नविन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्त बहादुर पाटा निर्वाचित भएका छन्।
यस्तै, ७ वटै वडामा सदस्य, महिला सदस्य, दलित महिला सदस्य पनि नेकपा एमालेकै उम्मेदवार निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।