काठमाडौं- कालिकोटको खाँडाचक्र नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
त्यहाँ हांस चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाहीले २ हजार ९९१ मत ल्याएर मेयर पदमा निर्वाचित भएका छन्।
एमाले तर्फ मेयरका उम्मेदवार जसी प्रसाद पाण्डेले २ हजार ६०९ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने माओवादी केन्द्रका गणेशबहादुर शाहीले २ हजार ९ सय २६ मत ल्याएर जित हासिल गरे। उनका प्रमुख प्रतिद्वन्द्वी एमालेकी मिनाकुमारी शाहीले २ हजार ३९९ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।