काठमाडौं– मुगुको मुगुम कार्मारोंग गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा १ हजार ५७१ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका सोनाम छिरिङ लामाले १ हजार ४८१ मत ल्याए।
उपाध्यक्षमा भने नेकपा एमालेकी छिरीङ पुटी लामा १ हजार ५१६ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गुरु श्याङ्ग्याप लामाले १ हजार ३८५ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।