काठमाडौं– स्याङ्जाको फेदीखोला गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नै एमालेका उम्मेदवार विजयी भएका हुन्।
एमालेका घनश्याम सुवेदी ३ हजार ८३६ मत ल्याउँदै गाउँपालिका अध्यक्षमा विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लक्ष्मी प्रसाद बरालले ३ हजार ७०४ मत ल्याए।
उपाध्यक्षमा नेकपा एमालेकै देउ कुमारी गुरुङ ३ हजार ९७८ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिव प्रसाद पराजुलीले २ हजार ३७९ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।