काठमाडौं–सिन्धुलीको घ्याङलेक गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका जगतबहादुर भोलन २ हजार २ सय २ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चतुर मान लोले १ हजार ३ सय ८३ मत ल्याए । स्वतन्त्र उम्मेदवार गणेशबहादुर पुलामीले १ हजार १ सय ९४ मत ल्याएका छन्।
उपप्रमुखमा माओवादी केन्द्रका शंकरमान घलान विजयी भएका छन्। उनले २ हजार ९ सय ८३ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका प्रमिला वाईवाले १ हजार ५ सय २८ मत ल्याइन्। घ्याङलेकमा कांग्रेस–माओवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए।
२०७४ को स्थानीय तहको मत परिणामअनुसार घ्याङलेकमा एमालेको उपस्थिती कमजोर थियो। एमालले जम्माजम्मी ६ सय ८३ मत प्राप्त गर्दा २ हजार ४ सय २४ मत ल्याएर कांग्रेसले गाउँपालिका प्रमुख जितेको थियो। त्यतिबेला माओवादी केन्द्रले १ हजार ९५५ मत ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।