काठमाडौं–काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६ हजार ५ सय ५७ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी गठबन्धनमा उम्मेदवार रामेश्वर श्रेष्ठ भने निकै पछि छन्। श्रेष्ठले १ हजार ८ सय ५५ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मत अन्तर ४७०२ रहेको छ।
त्यस्तै साझा विवेकशीलको तराजुले २ सय ९३ मत पाएको छ भने राप्रपाको हलोले १ हजार ३ सय ७८ मत प्राप्त गरेको छ।
मेयर पदमा भने स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। उनलाई एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सृजना सिंहले पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।