काठमाडौं- भोजपुरको हतुवागढीमा नेकपा एमालेले जित हात पारेको छ।
एमालेका उम्मेदवार प्रेमकुमार राईले ४ हजार ४२ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३ सय ५३ मत ल्याएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसले जितेको छ। कांग्रेसकी सुनिता राईले जित हात पारेकी छन्। उनले ३ हजार ७ सय ८ मत पाएकी छन्।
उनको प्रतिस्पर्धी नेकपा एमालेकी कमला राई ३ हजार ६ सय ११ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।