काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनले फेरि अग्रता लिएको छ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फेरि अग्रता बनाएकी हुन्। पछिल्लो मतपरिणामअनुसार रेनुले ५०३९ मत पाएकी छन्।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।