काठमाडौं–काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ मा नेकपा एमालेले जितेको छ।
एमालेका उम्मेदवार सुमन तामाङ्गले जित हात पारेका हुन्। तामाङले १५२२ मत पाए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजाराम थापाले १०६८ मत ल्याए।
उक्त नगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले ६ हजार ९१ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसेले ५ हजार ६ सय १९ मतका साथ पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।