काठमाडौं–काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेवार रजनी थापाले अग्रता लिएकी छन्।
स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको सोमबार १४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले पाँच हजार ५६० मत ल्याई अग्रता बनाएकी हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश अधिकारीले पाँच हजार ३५८ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले बताइन्।
यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन्। तामाङले पाँच हजार ५१७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमायाँ डङ्गोलले पाँच हजार ५१ मत प्राप्त गरेकी छन्।
टोखाको हालसम्म पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । जसमध्ये वडा नं १ को अध्यक्षमा कांग्रेसका उम्मेदवार रमेशकुमार लामिछाने, वडा नं २ को अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ को अध्यक्षमा एमालेका रमेश डङ्गोल, वडा नं ४ को अध्यक्षमा एमालेकै धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ को अध्यक्षमा पनि एमालेका उम्मेदवार मदन गुरुङ विजयी भएका छन्। अहिले टोखाको वडा नं ६, ७ र ८ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।