राेल्पा-रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगर तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय घर्तीमगरले तीन हजार ३७१ मत प्राप्त गरे।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका जयपुरी घर्तीमगर तीन हजार ९६६ मत प्राप्त गरी विजयी भइन्। उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गरे। माडी १, २, ४, ५ र ६ मा नेकपा माओवादी केन्द्र र वडा नंं ३ मा नेकपा (एकीकृत समाजवादी)ले विजयी हासिल गरेका छन्। माडी गाउँपालिकामा कांग्रेस–एमाले–स्वतन्त्र र माओवादी–एकीकृत समाजवादीले गठबन्धन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।