काठमाडौं- खोटाङको साकेला गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका रविप्रकाश राई १ हजार ८५० मत ल्याएर विजयी भएका हुन्।
राईका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १ हजार ७७२ मत ल्याएका थिए।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी उम्मेदवार बिर्सिका राईले २ हजार १२ मत ल्याउँदा कांग्रेसकी सरिता खड्काले १ हजार २४ मत पाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।