काठमाडौं- तेह्रथुमको ६ वटै पालिकाको मतगणना सकिएको छ। ६ मध्ये कांग्रेस र एमालेले तीनतीन पालिकाको नेतृत्व जितेका छन्।
कांग्रेसले आठराई गाउँपालिका, फेदाप गाउँपालिका र लालिगुँरास गाउँपालिकाको नेतृत्व जितेको छ।
त्यस्तै, एमालेले छथर गाउँपालिका, मेन्छयायेम गाउँपालिका र म्याङलुङ नगरपालिकाको नेतृत्व जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।