काठमाडौं- भरतपुर महानगरपालिकाको जारी मतगणना रोचक देखिएको छ।
भरतपुरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारको अघिपछि चलिरहेको छ।
यसैबीच भरतपुरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बनाइरहेकी छन्। १५ हजार ७३३ मत गणना गर्दा उनले ५ हजार २५३ मतसहित अग्रता बनाइरहेकी छन्।
एमाले उम्मेदवार विजय सुवेदी ५ हजार २४३ मतसहित दाहालको पछि रहेका छन्। स्वतन्त्र तर्फबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले २ हजार ५१ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।