फाइल तस्बिर काठमाडौं- ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ मा मतपत्र च्यात्ने कार्यमा संलग्न पक्राउ परेका छन्।
उक्त गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेस र माओवादीबाट वडाध्यक्षका उम्मेद्वारले बराबर मत पाएपछि पुन: गणना गरिएको थियो। पुनः मत गणना गर्ने क्रममा कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेपछि तनाव भएको थियो।
मतपत्र च्याने कार्यमा संलग्न भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कांग्रेस प्रतिनिधि राजकुमार ढुंगाना रहेको डिएसपी सुकदेव खनालले जानकारी दिए।
कांग्रेस प्रतिनिधिले तारजालीबाट हात छिराएर मतपत्र खोसेर च्यातेका थिए। कांग्रेस प्रतिनिधिले मतपत्र च्यातेपछि प्रहरीका साथै सशस्त्रको टोली पनि परिचालित गरिएको उनले जानकारी दिए। अहिले भने अवस्था सामान्य रहेको खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।