काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिकाका नेपाली कांग्रेसले जितेको छ।
नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएर उक्त नगरमा जित हात पारेका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार केशरत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत मात्र प्राप्त गरे ।
त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसले जित हात पारेको छ। कांग्रेसकी उम्मेदवार शुभ लक्ष्मी शाक्यले ८ हजार ६ सय ६५ मत ल्याएर जित हात पारिन्।
उनले एमालेकी विन्दु महर्जनलाई पराजित गरिन्। महर्जनले ७ हजार २ सय ६ मत पाइन्। कांग्रेसले काठमाडौं जिल्लाको दोस्रो नगर जितेको हो। यसअघि दक्षिणकाली नगरपालिकामा जित हात पारेको थियो।
२०७४ सालको स्थानीय चुनावमा यस नगरपालिकामा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।