काठमाडौं- विराटनगर महानगरपालिकामा नागेश कोइरालाले मतान्तर निरन्तर बढाइरहेका छन्।
पछिल्लो मत परिणाम अनुसार २० हजार १०० मत गणना हुँदा कोइराला ६ हजार ३ सय ४३ मत ल्याएर अग्रस्थानमा कायमै रहेका छन् भने एमालेका उम्मेदवार सागर थापाले ४ हजार ८ सय ३३ मत ल्याएका छन्।
त्यस्तै उपमेयरमा एमालेकी सिल्पा कार्कीले ५ हजार ४ सय ९८ मत ल्याउँदा जसपाका अमरेन्द्र यादवले ३ हजार ५ सय ७७ मत प्राप्त गरेका छन्। विराटनगरमा कुल ८९ हजार ६ सय ७१ मत खसेको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।