काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ।
माओवादी केन्द्रका गंगाबहादुर तामाङले ४ हजार ६ सय ६६ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुवाष तिमल्सिनाले ४ हजार १ सय ५ मत ल्याए।
त्यस्तै, उपमेयरमा भने नेपाली कांग्रेसले जित हात पारेको छ। नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भइन्।
उनले ४ हजार ३ सय ९४ मत ल्याइन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सपना थापाले ३ हजार ६ सय ३३ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।