काठमाडौं–धनकुटाको पाख्रिबासमा नेपाली कांग्रेसले जित हात पारेको छ। कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४९८ मत पाएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर राईले ५ हजार ५३ मत पाए।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी नम्रता गौतमले जित हात पारिन्। उनले ५ हजार ६२ मत पाइन्। त्यस्तै नेकपा माओवादीका ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत पाए। गठवन्धन र एमालेबीचको प्रतिस्पर्धामा कांग्रेसले प्रमुखमात्र जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।