काठमाडौं– इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरूङ विजयी भएका छन्।
विजयी केरुङले ६ हजार ६५० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ओमनारायण खनालले तीनहजार ७५५ मत ल्याए।
उपाध्यक्षमा भने एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छन्। उनी ४ हजार ४५० मतसहित विजयी बन्दा निकटतम माओवादी केन्द्रका शुक्रबहादुर लावतीले ३ हजार ४४२ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।