काठमाडौं– मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका उम्मेदवार बवीकुमार राई नेकपा एमालेका उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। राईले ८ हजार २५३ र ढुङ्गेलले ४ हजार ९१६ मत प्राप्त गरे।
त्यस्तै, उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश पौडेल निर्वाचित भएका छन्। उनले ५ हजार ६२६ मत प्राप्त गरे। दोस्रो भएकी नेकपा एमालेकी निर्मला राईले ५ हजार ४५५ मत प्राप्त गरिन्। यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।