काठमाडौं– बझाङको तलकोट गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमाले निर्वाचित भएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै एमालेले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको हो।
गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार नारायणकुमार धामीलाई पराजित गर्दै अध्यक्षमा नेकपा एमालेका कलकबहादुर रोकाया निर्वाचित भएका हुन्।
रोकायले २ हजार ७५९ मत प्राप्त गरे भने धामीले २ हजार २२९ मत प्राप्त गरे। त्यस्तै, उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जयकुमारी ऐडीलाई पराजित गर्दै नेकपा एमालेकी उम्मेदवार पार्वती कुँवर भण्डारी निर्वाचित भएकी छन्।
भण्डारीले २ हजार ६२१ मत प्राप्त गरिन् भने ऐडीले २ हजार ३९२ मत प्राप्त गरिन्। नेकपा एमालेले ७ वडामध्ये ६ वडामा जित हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।