काठमाडौं– म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका उम्मेदवार प्रेमप्रसाद पुनले ३ हजार १२३ मत ल्याएर निर्वाचित भएका हुन्।
नेकपा एमालेका थमसरा पुनले २ हजार ५४८ मत प्राप्त गरिन्।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका रेशम पुन मगर निर्वाचित भएका छन्। उनले २ हजार ८९२ मत प्राप्त गरे। एमालेकी प्रगती कार्कीले २ हजार ६१८ मत प्राप्त गरिन्।
यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।