काठमाडौं– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका प्रमुखमा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रबाट गाउँपालिका प्रमुखमा उम्मेदवार दिएका बज्रध्वज वाइवा ४ हजार ७ सय २९ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर वाइवाले ३ हजार ६ सय १६ मत ल्याए।
उपप्रमुखमा नेपाली कांग्रेसका चेखबहादुर थिङ विजयी भएका छन्। ५ हजार ७ सय ३ मतसहित थिङ विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मला ठाडा मगरले २ हजार ८ सय ५५ मत ल्याइन्। हरिहरपुगढीमा कांग्रेस र माओवादीले गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।