काठमाडौं– प्युठान नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योगीले ९ हजार ३२३ मत ल्याएर प्रमुखमा जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजयविराज विष्टले ७ हजार ८१६ मत प्राप्त गरे।
उपप्रमुखमा भने नेपाली कांग्रेसका देवेन्द्र बर्मा निर्वाचित भएका छन्। उनले ९ हजार ४९० मत प्राप्त गरे। एमालेकी पवित्रा जिसीले ७ हजार १८२ मत प्राप्त गरिन्।
यो नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।