काठमाडौं– धनुषाको औरही गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकामध्ये चार जनाले एक मत पनि नल्याएको पाइएको छ।
औरहीको प्रमुखमा एमालेका उमाशंकर प्रसाद साह ३ हजार ३ सय २६ मत ल्याएर विजयी हुँदा चार स्वतन्त्र उम्मेदवारले एक मत पनि पाउन सकेनन्।
एक मत पनि नल्याउने चार स्वतन्त्र उम्मेदवारहरुमा सुरेश ठाकुर वहडी, अनलिकुमार पासवान, शत्रुधन यादव र उमेश साह छन्।
औरहीको प्रमुखको लागि ७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तीमध्ये तीन जनाले भने एक/एक मत मात्रै ल्याएका छन्। एक मत ल्याउनेहरुमा चन्देश्वर यादव, रामभरोसी कुमार यादव र बेचन साह छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।