काठमाडौं- गुल्मीको धुर्कोट गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
त्यहाँ एमाले-माओवादी गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्। अध्यक्षमा माओवादी केन्द्रका भुपाल पोखरेलले ६०८९ मत ल्याएर निर्वाचित भए।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४२६१ मत पाए।
उपाध्यक्षमा एमालेकी सीता गिरी निर्वाचित भइन्। उनले ६००१ मत पाइन्। उनकी निकट प्रतिस्पर्धी एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३४८८ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।