काठमाडौं– स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। एमालेका विश्वनाथ पौडेल नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
पौडेलले ५ हजार १७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका पौडेलले ४ हजार ३५१ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा एमालेको सीता थापा निर्वाचित भएकी छन्। उनले ५ हजार २७३ मत पाउँदा प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गरे।
१६ हजार २५० मतदाता रहेको आँधीखोलामा १० हजार ८२५ ले मतदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।