काठमाडौं– हालसम्म २५० पालिकाहरुको नतिजा सार्वजनिक भएको छ। ११ बजेसम्मको अन्तिम नतिजामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ।
कांग्रेसले हालसम्म ११६ पालिका प्रमुखमा जित हात पारेको छ। उपप्रमुखमा कांग्रेसले १२० पालिका जित हात पारेको छ। नेपाली कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ। एमालेले हालसम्म ६८ पालिकामा प्रमुख जितेको छ। त्यस्तै ७८ पालिकामा उपप्रमुखमा जित हात पारेको छ।
तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। माओवादी केन्द्रले ५३ पालिका प्रमुखमा जित हात पारेको छ। माओवादीले उपप्रमुखमा ५९ स्थानमा जित हात पारेको छ।
त्यस्तै, एकीकृत समाजवादी पार्टीले ४ स्थानमा जित हात पारेको छ। त्यस्तै जनता समाजवादी पार्टीले ३ स्थानमा जित हात पारेको छ।
अग्रतामा पनि नेपाली कांग्रेस अगाडि छ। हालसम्म नेपाली कांग्रेस १७५ स्थानमा अग्रता कायम गरिरहेको छ भने एमाले ११्र४ स्थानमा अग्रता गरिरहेको छ।
त्यस्तै, माओवादी केन्द्रले ५७ र एकीकृत समाजवादीले १५ स्थानमा अग्रता कायम गरेको छ। जसपा २९,लोसपा १२, राप्रपा ४ र अन्यले २० स्थानमा अग्रता कायम गरेका छन्। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।