काठमाडौं- शंखरापुर नगरपालिकाका दुई वटा वडा राप्रपाले जितेको छ। मेयरमा पनि राप्रपाका रमेश नापित अगाडि छन्।
शंखरापुरका १० मध्ये ८ वटा वडाको मतगणना सकिएको छ। जसमध्ये ४ वटा वडामा कांग्रेस, २ वटामा राप्रपा र एउटामा माओवादी केन्द्रले विजय हासिल गरेका छन्।
अब वडा नं. ५ र ६ को गणना हुन बाँकी छ। मेयरमा प्रतिश्पर्धामा रहेको एमालेले अहिलेसम्म कुनै पनि वडामा जित हासिल गर्न सकेको छैन।
यहाँ एकीकृत समाजवादी र कांग्रेसले गठबन्धन गरेका छन्। मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेसका उम्मेदवार छन्।
मेयरमा राप्रपाका रमेश नापित ३७०३ मतसहित अग्रता लिइरहेका छन्। उनलाई पछ्याइरहेका एकीकृतका समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ३४८५ मत पाएका छन्। एमालेको कृष्णलाल बजगाईंले ३१०६ मत पाएका छन् भने माओवादी केन्द्रका मधु केसीले २०८५ मत पाएका छन्।
उपमेयरमा कांग्रेसकी समिता श्रेष्ठले ५५३४ मत पाउँदा राप्रपाकी विजयकुमारी वाइबाले २५४२ र एमालेकी लक्ष्मी केसीले २३४० मत पाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।