काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।
नेपाली कांग्रेसका कृष्णहरि महर्जनले जित हात पारेका हुन्। मर्हजनले ११ हजार ९ सय ८८ मत पाए भने उनका प्रतिस्पर्धी रामेश्वर बोहोरा ७ हजार ८०८ मतमा समेटिए। बोहोरा तारकेश्वरका निवर्तमान मेयर हुन्।
त्यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसले जित हात पारेको छ। उपमेयरमा कांग्रेसकी सृजना बुर्लाकोटीले जित हात पारिन्। बुर्लाकोटीले १० हजार ७८६ मत पाइन्।
उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भवानी डोटेलले ८ हजार ६०० मत पाइन् । काठमाडौंको नगरपालिकामा जित हात पारेको कांग्रेसको तेस्रो पालिका हो।
यसअघि दक्षिणकाली र कीर्तिपुरमा पनि कांग्रेस विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।