काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५ हजार ५८ मतको अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्। वैशाख ३१ गते बिहानदेखि मतगणना सुरु भएदेखि नै उनले अग्रता लिएका थिए।
पछिल्लो मतपरिणाम अनुसार बालेनले १० हजार ८९९ मत ल्याएका छन् भने उनी पक्ष दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५ हजार ११४ मत प्राप्त गरेकी छन्।
काठमाडौं महानगरपालिकामा १ र २ को मतगणना सकिएर नतिजा आइसकेको छ। भने अहिले ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।