काठमाडौं– दाङको घोराही उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्।
प्रमुख पदमा नेकपा एमालेका नरुलाल चौधरीले १६ हजार ८९८ मत ल्याएर अग्रता लिइरहेका छन्। गठबन्धनका उम्मेदवार हेमराज शर्मा पोखरेलले १३ हजार ७७४ मत प्राप्त गरेका छन्।
यस्तै उपप्रमुखमा पनि नेकपा एमालेकी उम्मेदवार हुमाकुमारी डिसीले १६ हजार ३७३ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १५ हजार ४६६ मत प्राप्त गरेका छन्।
उपमेयरमा करिब १ हजारको मतान्तर छ भने प्रमुखमा भने ३ हजारको मतान्तर देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।