काठमाडौं– गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमाले निर्वाचित भएको छ। प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमाले निर्वाचित भएको हो। नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन भए पनि एमालेले जित हासिल गरेको हो।
प्रमुखमा नेकपा एमालेका जीबलाल खरेल (जीवन) ७ हजार ३९९ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६०६ मत प्राप्त गरे।
त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकै गंगा श्रेष्ठ ७ हजार ११ मत ल्याएर निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।