काठमाडौं– वीरगञ्ज महानगरपालिकामा जारी मतगणनाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ। पछिल्लो परिणामअनुसार सत्ता गठबन्धनबाट महानगरको मेयरका उम्मेदवार ४ हजार ५०९ मतले अगाडि रहेको देखिएको छ।
सत्ता गठबन्धनबाट जनता समाजवादी (जसपा)का उम्मेदवार राजेशमान सिंहले ८ हजार १३१ मत प्राप्त गरेका छन्।
निर्वतमान मेयर समेत रहेका नेकपा एमालेका उम्मेदवार विजय सरावगीले भने ३ हजार ६२२ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका गिरीश गिरीले २७३ मत प्राप्त गरेका छन्।
महानगरको उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलामले अग्रता लिएका छन्। आलमले ५ हजार ४ सय २३ मत पाएका छन् भने लोसपाका पुरुषोतम लाल झाले ९१० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।