काठमाडौं- जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता झन् बढाएका छन्। पछिल्लो मत अपडेट अनुसार उनले ३१५९ मत पाएका छन्।
साहलाई एमालेका शिवशंकर साहले पछ्याएका छन्। उनले १४९१ मत पाएका छन्। तेस्रोमा रहेका अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ८६३ मत पाएका छन्।
लोसपाका उम्मेदवार मनोज चौधरी ६३१ मतका साथ चौथोमा छन्। जसपाका उम्मेदवार तथा निवर्तमान मेयर लालकिशोर साह ४२९ मत सहित पाँचौंमा छन्।
उपमेयरमा भने कांग्रेस उम्मेदवार किशोरी साहले अग्रता लिएका छन्। उनले २९६६ मत पाएका छन्। उनलाई एमालेकी उम्मेदवार रुणादेवी झाले १५५८ मतसहित पछ्याइरहेकी छिन्।
यो उपमहानगरपालिकामा सत्ता गठबन्धन आबद्ध दलहरुले तालमेल गरेका थिए। जसअनुसार जसपाले मेयर र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिएका थिए।
२५ वटा वडा रहेको यो उपमहानगरपालिकामा मंगलबार दिउँसोसम्ममा ५ वटा वडाको मात्रै मतगणना सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।