काठमाडौं– बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा विवकेशील साझा पार्टीले अग्रता लिएको छ।
गाउँपालिका अध्यक्षमा विवेकशील साझा पार्टीका रुस्तम अन्सारी १ हजार ५३४ मतका साथ अग्रस्थानमा छन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका मदनप्रसाद साह कानुले १ हजार ४१५ मतका साथ पछ्याइरहेका छन्।
फेटाको उपाध्यक्षमा पनि विवेकशील साझाले नै अग्रता बनाएको छ। विवेकशील साझाकी निलम साह १ हजार ३१५ मतका साथ अग्रस्थानमा छन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टीकै बेनजिरा खातुनले १ हजार १५२ मतका साथ पछ्याइरहेकी छन्।
यो गाउँपालिकाका वडामा भने अन्य पार्टीले जित हात पारेका छन्। १ नम्बर वडामा जनता समाजवादीका विगन दास तत्मा विजयी भएका छन्। २ नम्बर वडामा एमालेका नरेश प्रसाद विजयी भएका छन् भने ७ नम्बर वडामा लोकतान्त्रिक समाजवादीका पप्पु सिंह विजयी भएका छन्।
७ वटा वडा रहेको फेटामा बाँकी चार वटा वडाको मत गणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।