काठमाडौं— रसुवाका पाँच वटै गाउँपालिकाको अन्तिम नतिजा आउँदा तीन पालिकामा कांग्रेस र दुई वटामा एमालेले जित हासिल गरेका छन्।
कांग्रेसले कालिका, नौकुण्ड, र आमाछादिङ्गमो गाउँपालिकामा जित हासिल गरेको छ। एमालेले उत्तरगया र गोसाईकुण्ड गाउँपालिकामा जित हासिल गरेको छ। उपाध्यक्षमा भने तीन पालिकामा एमाले र दुईमा कांग्रेसले जित हासिल गरेको छ।
उत्तरगया गाउँपालिका अध्यक्षमा एमालेका माधवप्रसाद अर्याल २ हजार ९९९ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५६० मत पाए। उपाध्यक्षमा एमालेकी चमेलीमाया गुरुङ्गले ३ हजार १३४ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिश्पर्धी कांग्रेसकी सुनितामाया गुरुङले २ हजार ४५२ मत पाइन्।
कालिका गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ। अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६२२ मत पाउँदा निकटमत प्रतिद्धन्द्वी एमालेका कमलनाथ आयार्चले २ हजार २८३ मत पाए। उपाध्यक्षमा कांग्रेसकी मिरा तामाङले २ हजार ८१० मत पाउँदा निकटतम् प्रतिश्पर्धी अम्बिका भट्ट पौडेलले २ हजार २ मत पाएकी छन्।
गोसाईकुण्डमा भने एमालेले जित हासिल गरेको छ। अध्यक्षमा कैसाङ्ग नुर्पु तामाङले २ हजार ५६३ मत पाउँदा कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाएका छन्। उपाध्यक्षमा एमालेकी प्रतिमा तामाङले २ हजार ५४५ मत पाउँदा उनकी प्रतिस्पर्धी कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत पाइन्।
नौकुण्ड गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले विजयी भएका छन्। अध्यक्षमा कांग्रेस नुर्बु स्याङबो घलेले ३ हजार ४७४ मत पाउँदा उनको निकटतम् प्रतिस्पर्धी एमालेकी सिर्जना लामाले ३ हजार ९७ मत पाए। उपाध्यक्षमा एमालेका चन्द्रबहादुर घलानले २ हजार ९०४ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी जसपाका भुमे लामाले १ हजार ९५१ मत पाए।
आमाछोदिङ्गमोमा अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसले जितेको छ। त्यहाँ कांग्रेसका बुचुङ तमाङले १ हजार ४३० मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका फुर्पु सिंगी तामाङले १ हजार ३४५ मत पाए। त्यस्तै, उपाध्यक्षमा कांग्रेसका चण्डिका तामाङले १ हजार ३८१ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेकी नविना तमाङले १ हजार २२३ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।