काठमाडौं– १ मतले स्वतन्त्र उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई एक मतले पराजित गर्दै माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरिया विजयी भएकी हुन्।
कडरियाले २ हजार ३ सय ७६ ल्याइन भने ताम्लिङले २ हजार ३ सय ७५ मत ल्याए।
गाउँपालिकाको अध्यक्षमा भने एमालेका मानबहादुर राई ३ हजार ८५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका प्रदीप राईले २ हजार ३ सय ८२ मत पाए। यो गाउँपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।