धनगढी– बाजुरा सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा पूर्व पत्रकार निर्वाचित भएका छन्।
नेकपा एमालेबाट उम्मेदवारी दिएका अमर खड्का नगरपालिकाको मेयर र नन्दाकुमारी थापा उपमेयरमा निर्वाचित भएकी छन्।
उपमेयरमा निर्वाचित थापा नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बाजुरा जिल्ला समितिको निवर्तमान अध्यक्ष समेत हुन्।
दुवै जना नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै मेयर र उपमेयरमा निर्वाचित भएका हुन्। मेयरमा विजयी अमर खड्काले ४ हजार १९ मत ल्याए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनराज पण्डितले ३ हजार ५५२ मत ल्याए।
उपमेयरमा निर्वाचित थापाले ४ हजार २३३ मत ल्याइन्। उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी राधिका कुमारी शाही (सिहं)ले ३ हजार ३५१ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।