काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निर्वाचन क्षेत्र रहेको चितवनको माडी नगरपालिकाको मेयरमा नेकपाका उम्मेदवार विजयी भएका छन्।
माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै एमालेकी तारा कुमारी काजी महतो मेयरमा निर्वाचित भइन्। मेयर निर्वाचित महतोले ९ हजार ९०१ मत ल्याइन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका ऋषिराम काफ्लेले ७ हजार ७२९ मत ल्याए।
नगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार खेम प्रसाद महतो निर्वाचित भएका छन्। एमालेको समर्थन रहेका उम्मेदवार मदन प्रसाद पौडेललाई पराजित गर्दै कांग्रेसका महतो उपमेयर निर्वाचित भए।
उपमेयरमा निर्वाचित कांग्रेसका महतोले ६ हजार ८३० मत ल्याए भने राप्रपाका मदन प्रसाद पौडेलले ५ हजार १४० मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।