काठमाडौं– जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको छ।
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पूर्णप्रसाद धिताल १ हजार ९४९ मत ल्याई विजयी भएका हुन्। धितालका प्रतिस्पर्धी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याएका छन्।
त्यस्तै उपाध्यक्षमा पनि माओवादीकी शीतला रोकाया विजयी भएकी छन्। उनले १ हजार ९५६ मत ल्याएकी छन्।
उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजकला शाहीले १ हजार ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यहाँका आठ स्थानीय तहमध्ये माओवादी केन्द्रले अहिलेसम्म सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्र जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।