काठमाडौं- पोखरा महानगरपालिको पछिल्लो मतपरिणाम अनुसार गठबन्धनतर्फबाट चुनावी मैदानमा उत्रिएका एकीकृत समाजवादी पार्टीको मेयर पदका उम्मेदवार धनराज आचार्यले उनका प्रतिस्पर्धी कृष्णबहादुर थापासँग मतान्तर बढाइरहेका छन्।
पछिल्लो अद्यावधिक परिणाम अनुसार आचार्यले १० हजार ९३९ मत प्राप्त गरका छन् भने थापाले ९ हजार ४ सय ५ मत प्राप्त गरेका छन्।
उनीहरूबीचको मतान्तर १ हजार ५ सय ३४ मतको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।