काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटिका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गाउँपालिकामा कांग्रेस विजयी भएको छ।
कालिकोटको नरहरीनाथ नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादीले जित हाँसिल गरेको छ। नेपाली कांग्रेसका नगेन्द्रबहादुर विष्ट २ हजार ६३६ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका धिरबहादुर बिष्टले २ हजार ४४५ ल्याएका छन्।
त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका कमल कुमार शाहले २ हजार ९१७ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसकी सिता रावलले २ हजार २८३ मत प्राप्त गरेका छन्।
नेकपाबाट स्वतन्त्रका रुपमा उठेका एटम विसीले भने जम्मा १ हजार ९ मत प्राप्त गरेका छन्। स्थानीय तहको निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा विवाद चल्दा नेकपा विभाजित भएको छ र धर्मेन्द्र बास्तोलाले अर्को दल बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।