सुर्खेत- सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भीमबहादुर भण्डारी विजयी भएका छन्।
भण्डारी नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन्। भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५५५ मत प्राप्त गरेका छन्।
यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन्। पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन्। उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन्। विष्टले ३५९९ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।