काठमाडौं-संखुवासभाको सम्पूर्ण मतगणना सकिएको छ। मंगलबार सकिएको मत गणना अनुसार कांग्रेसले ६ र एमालेले ४ पालिकाको नेतृत्व जितेका छन्।
कांग्रेसले खाँदवारी नगरपालिका, चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र सिलिचोङ गाउँपालिकाको नेतृत्व जितेको हो। जिल्लामा उसको प्रमुख प्रतिस्पर्धी एमाले देखिन्छ।
त्यस्तै, एमालेले ४ वटा पालिकाको नेतृत्व जितेको हो। उसले चैनपुर गाउँपालिका, धर्मदेवी नगरपालिका, भोटखोला गाउँपालिका, मादी नगरपालिकाको नेतृत्व जितेको हो।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेले पाँच-पाँच वटा पालिकाको नेतृत्व जितेका थिए। त्यतिबेला एमालेले नेतृत्व जितेको मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र खाँदवारी नगरपालिकामा अहिले कांग्रेसले जित निकालेको छ। त्यस्तै, त्यतिबेला कांग्रेसले नेतृत्व जितेको भोटखोला र धर्मदेवी नगरपालिकामा अहिले एमालेले जित निकालेको छ।
.
२०७९ र २०७४ को निर्वाचनको सालको तुलना
चिचिला गाउँपालिका- कांग्रेस (२०७४ मा कांग्रेस)
भोटखोला गाउँपालिका- एमाले (२०७४ मा कांग्रेस)
मकालु गाउँपालिका- कांग्रेस (२०७४ मा एमाले)
सभापोखरी गाउँपालिका- कांग्रेस (२०७४ मा एमाले)
सिलीचोङ गाउँपालिका- कांग्रेस (२०७४ मा कांग्रेस)
खाँदवारी नगरपालिका- कांग्रेस (२०७४ मा एमाले)
चैनपुर नगरपालिका- एमाले (२०७४ मा एमाले)
धर्मदेवी नगरपालिका- एमाले (२०७४ मा कांग्रेस)
पाँचखपन नगरपालिका- कांग्रेस (२०७४ मा कांग्रेस)
मादी नगरपालिका- एमाले (२०७४ मा एमाले)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।